Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा खुल्याे प्रोटिन हब,खेलाडीहरुलाइ ब्राण्डेड पौष्टिक आहार पाउन सहज

बुटवलमा खुल्याे प्रोटिन हब,खेलाडीहरुलाइ ब्राण्डेड पौष्टिक आहार पाउन सहज

  • 9.5K
    SHARES

  • बुटवलमा खुल्याे प्रोटिन हब,खेलाडीहरुलाइ ब्राण्डेड पौष्टिक आहार पाउन सहज

    बुटवल, मंसिर २८-

    रुपन्देही जिल्लामा बडिबिल्डिङ गर्ने खेलाडीहरुको संख्यामा वृद्धि भएसंगै खेलमा आवश्यक पर्ने खेल सामग्री र पौष्टिक आहार पाईने पसलहरु खुल्ने क्रम बढेको छ।

    रुपन्देहीमा बडिबिल्डिङका नाम कमाएका खेलाडी सुमित रानाले बुटवलको सुन्दर चोकमा प्रोटिन हब शुभारम्भ गरेका छन ।

    आईतबारदेखि हब औपचारिक रुपमा उद्घाटन गरिएको हो । हबमा फरक-फरक १० ब्राण्डका पौष्टिक आहारहरुका साथै खेलकुदका सामग्रीहरु समेत उपलब्ध हुने उनले बताए ।

    अप्निमम, साईटेक, मसलफाम, सेलुलर, सेरियस मास गेनर लगायत ब्राण्डका परिकारहरु हबमा उपलब्ध हुने संचालक सुमित रानाले नागरिक अनलाइनलाइ बताए ।

    खेलाडीहरुको चाहना अनुसार एउटै थलोमा फरकफरक ब्राण्डका गुणस्तरीय पौष्टिक आहार हबमा उपलब्ध हुने गरि संचालनमा ल्याएको उनले बताए । बजारमा एउटा पसलमा केवल एउटै ब्राण्ड मात्र उपलब्ध हुने बेला आफुले नया ढंगबाट सेवा शुरु गरेको उनले बताए ।

    खेलाडीहरु खेलसंगै आर्थिक आयआर्जनमा पनि लाग्नुपर्ने उनको सुझाव छ। करीब ९ लाख लगानीमा हब संचालनमा ल्याएको उनले बताए । रुपन्देहीमा जिम तथा फिटनेशका करीब ३ दर्जन ब्यायामशाला रहेका छन् । protin hub butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology