Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

आमा गुमाएकी मन्जुले ल्याइन् ‘माइती हरायो’ (भिडियो )

आमा गुमाएकी मन्जुले ल्याइन् ‘माइती हरायो’ (भिडियो )

  • 2.5K
    SHARES

  • आमा गुमाएकी मन्जुले ल्याइन् ‘माइती हरायो’ (भिडियो )

    बुटवल,भदौ ५ ।

    चर्चित गायिका मञ्जु पौडेलले ‘माइती हरायो’ तीज गीत सार्वजनिक गरेकी छन् । पौडेलले नारी बेदनालाई समेटेर ‘माइती हरायो’ बोलको तिज गीत सार्वजनिक गरेकी हुन् । उनको गीत मौलीक कथा वस्तुमा समेटिएको छ ।

    पौडेलले गतबर्ष आमा गुमाएकी थिइन् । उनले माइतीमा आमा नहुँदाको पिडा गीतका माध्यमबाट प्रस्तुत गरेकी हुन् । उनले गतवर्ष पनि  आफ्नै आमाको सम्झनामा ‘बाबाको आँगनी’ तिज गीत सार्वजनिक गरेको थिइन् । उक्त गीतमा आफनी आमाले गाएको गीतलाई सम्मान स्वरुप सार्वजनिक गरेकी थिइन ।

    गीतमा बाबाको आँगनीमा तिजका नाँचेको कथा वस्तु रहेको थियो । यसवर्ष सार्वजनिक गरिएको ‘माइती हरायो’ निकै मर्म स्पर्शी शब्द भावले तयार पारिएको गीत रहेको छ ।

    पौडेल र गायक पशुपति शर्माको स्वर रहेको गीतमा लय शब्द पशुपति शर्माकै रहेको छ । मञ्जुकै  आफनै युट्युब च्यानलबाट सार्वजनिक भएको गीत दर्शक श्रोताले रुचाएका छन् ।

    भिडियो हेरौँ :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology