Logo बिहिवार, आश्विन १ गते २०८३
images

नक्कली शैक्षिक डकुमेन्ट पेश गरेर बढुवा हुन खोज्दा पक्राउ परे सिटिजन्स बैंकका सात कर्मचारी

नक्कली शैक्षिक डकुमेन्ट पेश गरेर बढुवा हुन खोज्दा पक्राउ परे सिटिजन्स बैंकका सात कर्मचारी

  • 1.2K
    SHARES

  • नक्कली शैक्षिक डकुमेन्ट पेश गरेर बढुवा हुन खोज्दा पक्राउ परे सिटिजन्स बैंकका सात कर्मचारी

    काठमाडौं, साउन ३२ ।

    अधिकृत स्तरको तहमा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा सिटिजन्स बैंकका थप एक जना कर्मचारी पक्राउ परेका छन्। प्रहरीले बिहीबार बैंकका कर्मचारी दलबहादुर पुनलाई पक्राउ गरेको हो। 

    यो सँगै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा हुन खोज्ने सिटिजन्स बैंकका पक्राउ पर्ने कर्मचारीको संख्या सात पुगेको छ। प्रहरीका अनुसार पक्राउ परेका सबैले प्रविणतापत्र तह पास गरेर सहायक स्तरमा बैंकका प्रवेश गरेका थिए। 

    अधिकृत स्तरको तहमा बढुवा हुनका लागि उनीहरुले पेस गरेको स्नातक तहको प्रमाणपत्र नक्कली भएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु कोहीले भारतको दिल्ली तथा हिमाचल लगायतका प्रदेशका विश्वविद्यायको नाममा नक्कली शैक्षिक प्रमाणपत्र बनाइएको पाइएको छ। 

    भारतमा अध्यन गरेको प्रमाणपत्र नेपालमा त्रिभुवन विश्वविद्यालयले इक्यूभ्यालेन्ट गरेपछि मात्र वैधानिक मानिन्छ। तर उनीहरुले उक्त इक्यूभ्यालेन्टसमेत नक्कली बनाएको पाइएको छ। अधिकृत स्तरको तहमा बढुवाका लागि उनीहरुले पेस गरेको प्रमाणपत्रमा शंका लागेपछि बैंकले त्रिभुवन विश्वविद्यालयमा पुष्टिका लागि पठाएको थियो। 

    त्रिभुवन विश्वविद्यालयले जाँच गर्दा प्रमाणपत्र र इक्यूभ्यालेन्टसमेत नक्कली बनाएको पाएपछि बैंकलाई जानकारी गराएको थियो। त्यसपछि बैंकले छानबिनका लागि प्रहरीलाई पत्राचार गरेको थियो। 

    यसअघि यो प्रकरणमा ६ जना बैंकका कर्मचारी पक्राउ परिसकेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो। यसअघि पक्राउ पर्नेहरूमा सिटिजन्स बैंकको बुटलवस्थित ड्राइभर चोक ब्रान्चमा कार्यरत मनिशा मास्के, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, ही ब्रान्चमा कार्यरत प्रतिक्षा रेग्मी,मणिग्राम शाखाकी गाेमा ज्ञवाली, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक बिष्ट रहेका छन्।

    यो प्रकरणमा प्रहरीले तीन जना अन्य कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। यस्तै अन्य सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गराउनका लागि अदालतबाट अनुमति लिने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology