Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

जिल्ला क्रिकेट संघ चितवनको सचिवमा सुरज ज्ञवाली निर्वाचित

जिल्ला क्रिकेट संघ चितवनको सचिवमा सुरज ज्ञवाली निर्वाचित

  • 7.3K
    SHARES

  • जिल्ला क्रिकेट संघ चितवनको सचिवमा सुरज ज्ञवाली निर्वाचित

    बुटवल,साउन २३ ।

    जिल्ला क्रिकेट संघ चितवनको सचिवमा सुरज ज्ञवाली निर्वाचित भएका छन् ।

    आज चितवनमा सम्पन्न तेस्रो अधिवेशन तथा साधारण सभामा ज्ञवालीले प्रतिस्प्रर्धी अनिल अधिकारीलाई हराउँदै सचिवमा बिजयी भएको निर्वाचन समितिले जनाएको छ । 

    अधिकारी १ मतको झिनो अन्तरमा पराजित भए । ज्ञवालीले २४ मत प्राप्त गर्दा अधिकारीको पक्षमा २३ मत खसेको थियो ।

    पराजित भएका अधिकारी बागमती प्रदेश क्रिकेट संघका वर्तमान कोषाध्यक्ष हुन् भने ज्ञवाली चितवन जिल्ला कार्यसमिति सदस्य रहेका थिए ।

    नेपाल क्रिकेट संघ (क्यान)को महाधिवेशन नजिकिदै गर्दा जिल्लाहरुको अधिवेशन भएको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology