Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बोनिन पिया बन‍े नगर खेलकुद विकास समिति बुटवलको संयोजक

बोनिन पिया बन‍े नगर खेलकुद विकास समिति बुटवलको संयोजक

  • 1.2K
    SHARES

  • बोनिन पिया बन‍े नगर खेलकुद विकास समिति बुटवलको संयोजक

    बुटवल,साउन २२ ।

    बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा बोनिन पिया मनोनित भएका छन् । नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७५ बमोजिम बुटवल ८ निवासी पियालाई नगर प्रमुख खेलराज पाण्डेयले संयोजकमा मनोनित गरेका हुन ।

    बिगतमा सितारियो कराँते, तेक्वान्दो, फुटबल र ब्याडमिन्टनजस्ता खेल प्रतियोगितामा क्रियाशील पियालाई खेलकुद विकास समितिको संयोजकमा मनोनित गर्दै नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदका क्षेत्रमा अग्रणी नगर बनाउने जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

    उनले बुटवलबाट खेलाडी उत्पादन गर्नका लागि चालु आर्थिक वर्षमा नगरभित्रका विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने र आगामी दिनमा अरु खेलकुदका प्रतियोगिताहरु सञ्चालन गरी खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए ।

    संयोजकमा मनोनित भएपछि संयोजक पियाले बुटवललाई खेल क्षेत्रमा अग्रणी नगर बनाउनका लागि यहाँका खेलाडी, प्रशिक्षक, क्लब र संघसंस्थाहरुलाई साथमा लिएर अगाडि बढ्ने बताए ।

    उनले बुटवलका खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नका लागि योग्य बनाउन क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने बताए ।

    ‘खेलाडी उत्पादनका लागि विद्यालय र कलेजस्तरबाटै लगानी गर्नुपर्ने, तालिम दिनुपर्ने र नियमित लागिरहन प्रोत्साहन गर्नुपर्ने देखिन्छ- उनले भने यसलाई कुन तहबाट कसरी अगाडि बढाउँदा लाभदायी हुन्छ त्यसअनुसार सबै क्षेत्रको परामर्शका आधारमा कार्यक्रम सञ्चालन गर्नेछौं ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology