Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल : आयोजक सौभाग्य ए र सिद्धार्थ दोस्रो चरणमा

प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल : आयोजक सौभाग्य ए र सिद्धार्थ दोस्रो चरणमा

  • 2.5K
    SHARES

  • प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल : आयोजक सौभाग्य ए र सिद्धार्थ दोस्रो चरणमा

    बुटवल,मंसिर २५ । 

    प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ अन्तर्गत बिहिबार भएको खेलमा आयोजक सौभाग्य युवा क्लब ए सिद्धार्थ युवा क्लब विजयी भएका छन ।

    सौभाग्यले मजुवा युवा क्लबमाथि १–० तथा सिद्धार्थले चरगे युवा क्लबलाई २–० गोलले पराजित गरेको हो ।

    सिद्धेश्वर खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलमा आयोजक सौभाग्यको जितमा खेलको ४३ औ मिनेटमा सन्तोष क्षेत्रीको गोल नै निर्णायक बन्यो । खेलमा मजुवाका सागर केसी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

    बिहान भएको पहिलो खेलमा सिद्धार्थका विश्वास थापा नायक रहे । उनले खेलको ५० औ र ५४ औ मिनेटमा गोल गर्दै टिमलाई विजयी बनाए । उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।

    शुक्रबारदेखि दोस्रो चरणको खेल शुरु हुने प्रचार संयोजक कृष्ण कुमालले बताए । आयोजक सौभाग्य युवा क्लब बि र झरना स्र्पोटस क्लबका बिचमा दोस्रो चरणको पहिलो खेल हुने उनले बताए ।

    प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।

    प्रचण्ड थैव स्मृति नकआउट फुटवल:केरवानी र फर्साटिकर विजयी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology