Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

काँग्रेस कमजोर हुँदा देशको भविश्य पनि अन्यौल :अब्दुल रज्जाक

काँग्रेस कमजोर हुँदा देशको भविश्य पनि अन्यौल :अब्दुल रज्जाक

  • 1.7K
    SHARES

  • काँग्रेस कमजोर हुँदा देशको भविश्य पनि अन्यौल :अब्दुल रज्जाक

    बुटवल,साउन ६ ।

    वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले बृक्षरोपण गरेको छ । नेपाली काँग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं  स्मृति दिवसको अवसरमा तिलोत्तमा नगरपालिका वडा नं ११ भूपु सैनिक स्थित सुखौरा हरियाली सामुदायिक बन उपभोक्ता समिति भवन निर्माणस्थलमा बृक्षरोपण गरेको हो ।

    बृक्षरोपण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले काँग्रेस कमजोर हुँदा देशको भविश्य पनि अन्यौल देखिएको बताउनु भयो । उहाँले देशमा जति नयाँ पार्टी आएपनि देश बनाउने मामिलामा काँग्रेस जस्तो अब्बल र सक्षम कोही पनि नभएको बताउँदै देशको भविश्यसँग जोडिएको नेपाली काँग्रेसलाई सबै एकजुट भएर अगाडि बढाउनु पर्ने बताउनु भयो ।

    त्यस्तै सार्वजनिक लेखा समितिका पूर्व सभापति तथा पुर्वराज्यमन्त्री भरतकुमार शाहले गटउपगुटका नाममा पार्टी कमजोर हुँदै गएको बताउदै पार्टीलाई बलियो बनाउनको लागि गुटउपगुटको अन्त्य हुनुपर्ने भनाई राख्नुभयो ।

    नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले नेपाली काँग्रेस बलियो हुदा मुलुकको लोकतन्त्र, संविधान पनि बलियो हुने बताउदै पार्टीका नेता कार्यकर्ता र आम नागरिकको भविश्यको लागि पनि गुट उपगुट त्यागेर पार्टी बनाउन सबै लाग्नुपर्ने बताउनु भयो ।

    कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, लुम्बिनी प्रदेश सलस्य तथा महासमिति सदस्य बालकुमारी भण्डारी, मिलन सामुदायिक बनका अध्यक्ष तेजबहादुर कुवँर, जिल्ला सचिव परमानन्द भट्टराई, हरीप्रसाद काफ्ले लगायतले विपिले ल्याएको प्रजातान्त्रिक समाजवाद र देखाएको बाटोबाट अहिले नेताकार्यकर्ता विचलित भएको बताउँदै त्यसलाई सुधार गर्नु पर्नेमा जोड दिनुभएको थियो । त्यस्तै विपि स्मृति दिवसमा हरेक वर्ष वृक्षरोपण गरिएपनि रोपिएका विरुवाको संरक्षणमा ध्यान नदिएको बताउदै रोपिएको विरुवाको संरक्षणमा जोड दिईएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology