Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

‘लायन्समा यो वर्ष १५ लाख सदस्य थप्ने मिसन छ’ : नवनिर्वाचित डिष्ट्रिक गभर्नर अर्जुनमान सैँजू

‘लायन्समा यो वर्ष १५ लाख सदस्य थप्ने मिसन छ’ : नवनिर्वाचित डिष्ट्रिक गभर्नर अर्जुनमान सैँजू

  • 807
    SHARES

  • ‘लायन्समा यो वर्ष १५ लाख सदस्य थप्ने मिसन छ’  : नवनिर्वाचित डिष्ट्रिक गभर्नर अर्जुनमान सैँजू

    बुटवल,साउन ३।

    लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ पि वर्ष २०२३-२०२४ का नवनिर्वाचित डिष्ट्रिक गभर्नर अर्जुनमान सैजुलाई गृहजिल्ला रूपन्देहीमा स्वागत तथा पदस्थापन कार्यक्रम गरिएको छ ।

    अमेरिकामा सम्पन्न लायन्स कन्भेन्सनमा शपथ लिएका डिष्ट्रिक गभर्नर सैजुलाई लायन्स क्लबको सचिवालयको कार्यकक्षमा बुधबार पदस्थापन गरिएको हो । कार्यक्रममा बोल्दै उनले सामाजिक उत्तरदायित्वमा नया जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धता जनाए ।डिष्ट्रिक अन्तरगतका क्लबहरुको साथ र सहयोगबाट सहज रुपमा जिम्मेवारी पूरा हुने समेत दाबी उनले गरे ।

    लायनबादको अभियानलाई हामी भन्ने भावना विकास गर्दै नया युवाहरुलाई क्लबमा आवद्ध गराउदै विश्वभरमा नया सदस्य र क्लब बिस्तारको अभियान रहेको उनले बताए । ‘यो वर्ष १५ लाख सदस्य बनाउने मिसन छ ।’—उनले भने । सामाजिक हितमा अग्रसर रहेको क्लब समुदायको आवश्यकतालाई पहिचान गरि निरन्तर लाग्ने उनले बताए ।arjun man sainju.jpg

    लायनबाद बुझन लायन्स क्लबमा आवद्धता, निरन्तरता जरुरी रहने तर्क दिदै उनले धेरै लामो त्यागबाट सफलता हासिल हुने बताए ।

    कार्यक्रममा डिजि सैजुसहित पिडिजि नवराज न्यौपाने, डिष्ट्रिक एलसिआईएफ कोअर्डिनेटर सन्दिप कशौधन, डिष्ट्रिक सचिव बिनोद खरेल, डिष्ट्रिक कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, फस्ट भिडिजि पुरुषोत्तम भक्त प्रधानाङ्ग, सेकेन्ड भिडिजि बालाराम भट्टराई ,एरिया ४ को एरिया चिफ कल्पना सिवाकोटी, लायन्स क्लब अफ बुटवलका अध्यक्ष शरदमान श्रेष्ठ लगायतले लायन्स क्लब अफ बुटवल स्टार्सको डाईरेक्टरी बिमोचन समेत गरेका थिए ।

    arjun dg.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology