Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

खेलाडी कल्याणकारी कोषमा सियारीका अध्यक्ष घिमिरेले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

खेलाडी कल्याणकारी कोषमा सियारीका अध्यक्ष घिमिरेले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

  • 1.2K
    SHARES

  • खेलाडी कल्याणकारी कोषमा सियारीका अध्यक्ष घिमिरेले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

    भैरहवा,असार १७ ।

    रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले खेलाडी कल्याणकारी कोष–२०८० मा सहयोग गर्ने घोषणा गरेका छन् । रुपन्देही क्रिकेट संघले शनिबार भैरहवामा आयोजना गरेको खेलाडी कल्याणकारी कोष घोषणा कार्यक्रममा अध्यक्ष घिमिरेले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

    त्यस्तै गरी सियारी वडा नम्बर १ का अध्यक्ष अरुण कुमार शाही र वडा नम्बर २ का अध्यक्ष जर्नादन यादवले पनि कोषमा आर्थिक सहयोग गरेका छन् । शाहीले आफूले पाउने मासिक तलबवापत पाउने रकममध्येबाट मासिक २६ हजार रुपैयाँ र यादवले मासिक १० हजारका दरले कल्याणकारी कोषमा जम्मा गर्नेछन् । वडा अध्यक्षद्वयले उक्त रकम आगामी ४ वर्षसम्म दिनेछन् ।

    गाउँपालिका अध्यक्ष घिमिरेले क्रिकेट खेल र खेलाडीको विकासका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको बताए । अध्यक्ष घिमिरेले रुपन्देही क्रिकेट खेलका लागि उर्भरभूमि भएकाले त्यसको विकास र संरक्षणका लागि राज्यस्तरबाट पनि प्रयाप्त सहयोग पाउनुपर्नेमा जोड दिए ।

    वडाअध्यक्ष शाही र यादवले पनि क्रिकेट क्षेत्र र खेलाडीको विकास, उज्जवल भविष्यको निर्धारणका लागि खेलाडी कल्याणकारी कोषमा रकम दिने निर्णय गरेको बताए ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले क्रिकेट खेलाडीको संरक्षण तथा सम्मानका लागि खेलाडी कल्याणकारी कोष स्थापना गरिएको बताए । उनले १० जना क्रिकेट खेलाडीलाई आर्थिक वर्ष २०८०÷०८१ का लागि मासिक ५ हजारका दरले सहयोग गर्ने गरी रकम व्यवस्थापन गरिएको बताए । कल्याणकारी कोष स्थापना गर्न संघका अध्यक्ष थापाले आफ्ना स्वर्गीय पिताको स्मृतिमा १ लाख रुपैयाँ दिने जानकारी दिए ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले २५ हजार, सिद्धार्थनगर– ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय र रुपन्देही क्रिकेट संघका सदस्य विनय ज्ञवालीले १० हजार कोषलाई उपलब्ध गराउने भएका छन् ।

    कार्यक्रममा पवन सेठिया मेमोरियल तीनदिवसीय क्रिकेट प्रतियोगिता सम्पन्न गर्न व्यवसायी हरिश सेठिया र संघबीच सम्झौता आदानप्रदान भएको थियो । त्यसैगरी लुम्बिनी नेत्रालयसँग खेलाडीहरुको उपचारमा ५० प्रतिशत छुट सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको थियो ।

    कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशनकुमार सिंहले क्रिकेट विकासका लागि खेलाडीहरुको प्रोत्साहन आवश्यक रहेको र त्यसका लागि कल्याणकारी कोषको स्थापना हुनु खुशीको विषय भएको बताए ।

    कार्यक्रममा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, जिल्ला समन्वय समिति रुपन्देहीका पूर्व प्रमुख एकराज विश्वकर्मा, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल, सिद्धार्थनगर–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायलगायतले पनि बोलेका थिए ।

    रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङको सञ्चालनमा भएको कार्यक्रममा क्रिकेट खेलाडीहरुलाई सम्मानसमेत गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology