Logo बिहिवार, आश्विन १ गते २०८३
images

उत्कृष्ट रक्तदाताहरुलाई पदक र प्रशंसापत्रले सम्मान

उत्कृष्ट रक्तदाताहरुलाई पदक र प्रशंसापत्रले सम्मान

  • 1.0K
    SHARES

  • उत्कृष्ट रक्तदाताहरुलाई पदक र  प्रशंसापत्रले सम्मान

    बुटवल,जेठ ३२ ।

    विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले भैरहवामा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट रक्तदाताहरुलाई स्वर्ण पदक, रजत पदक, सम्मानपत्रले सम्मान गरेको छ । स्वर्ण पदकद्वारा सम्मानित हुनेहरुमा ५० पटक रक्तदान गरेका नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष दया सिलवालसहित रेनुका श्रेष्ठ, जानकी नेपाल, अनुप थापा र ईश्वरी गौतमलगायत रहेका छन् ।

    त्यसै गरी रजत पदक पाउनेहरुमा ३४ पटक रक्तदान गरेका गुप्तबहादुर केसीसहित अशोक राई, पत्रकार मीना भट्टराई ढकाल, निर्मल कार्की, जय श्याम ठाकुर, बुद्ध श्रेष्ठ, नवराज पन्थी, यादव गिरी, रनिल श्रेष्ठ, केशव कुमार सिंह, सुदर्शन भट्टराई, मनोज शर्मा, धुना गिरी, दुर्गा नेपाल, यमकला कुँवर र राममिलन पासीलगायत रहेको रेडक्रस सोसाइटी रुपन्देहीले जनाएको छ ।

    सो अवसरमा १५ पटक र सोभन्दा बढी रक्तदान गरी प्रशंसापत्रद्धारा सम्मानित हुनेहरुमा ईश्वरी प्रसाद बन्जाडे, गिरिजा शाही, किस्मत पाण्डे, रजत श्रेष्ठ, पुजन भण्डारी, समुन्द्र पौडेल, अशेष सिलवाल, प्रेमबहादुर रास्कोटी, फौजबहादुर महोत्तरा, कपिलराज उदय, सुरज थापा मगर, खुमराज पौडेल, रोशन पौडल, डा. आति पंगेनी, कविता न्यौपाने र राकेश गुरुङ रहेको कार्यक्रमका संयोजक राधा ज्ञवालीले बताइन् ।

    रक्तदाताहरुलाई पदक तथा सम्मानपत्र प्रदान गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले रक्तदानमार्फत मानिसकै जीवन बचाउनु निकै पुण्य कार्य भएको बताए । उनले धेरैपटक रक्तदान गरेर रक्तदाताहरुले महान कार्य गर्नुभएको बताए । उनले भने, ‘रुपन्देहीको मुटु सिद्धार्थनगर नगरपालिकाको विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्छ ।’

    त्यस्तै नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले रुपन्देहीका करिब ९७ प्रतिशत वडासँग सम्झौता गरिसकिएकाले रगतका लागि पैसा तिर्न नपर्ने बताए । उनले रक्तदान पुण्य कार्य भएको बताए । सभापति न्यौपानेका अनुसार बुटवलमा दैनिक औसत ७० युनिट र भैरहवामा ३० युनिट गरी रुपन्देहीमा १ सय युनिट रगतको खपत रहेको छ ।

    कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटीका पूर्व केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठ, रेडक्रस रुपन्देहीका उपसभापति मित्रलाल न्यौपाने, मन्त्री रामचन्द्र उपाध्याय, रक्तदाताहरुको तर्फबाट अनुप थापा, पत्रकार मिना भट्टराई ढकाललगायतले  रक्तदानको आवश्यकता, महत्व र मानिसको जिवन बचाउने सवालमा यसको प्रभावबारे चर्चा गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology