Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

लायन्स डिष्ट्रक गभर्नरमा अर्जुनमान सैंजूको उम्मेद्वारी

लायन्स डिष्ट्रक गभर्नरमा अर्जुनमान सैंजूको उम्मेद्वारी

  • 1.5K
    SHARES

  • लायन्स डिष्ट्रक गभर्नरमा अर्जुनमान सैंजूको उम्मेद्वारी

    बुटवल,बैसाख ९ ।

    लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको डिष्ट्रिक गभर्नरमा अर्जुनमान सैंजूले उम्मेदवारी दिनु भएको छ । सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर समेत रहनु भएका सैंजूले लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको दोस्रो गभर्नरको लागि उम्मेद्वारी दिनु भएको हो ।

    लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको यहि बैशाख १६ गते रुपन्देहीको भैरहवामा महाधिवेशन हुदैछ । त्यस्तै फस्ट भाईस भिष्ट्रिक गभर्नरमा पुरुषोत्तमभक्त प्रधानाङ्ग र सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा कुशप्रसाद मल्लीले उम्मेद्वारी दिनु भएको छ । प्रधानाङ्ग हाल सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर हुनुहुन्छ ।

    डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, पूर्व गभर्नरहरु महेन्द्रनारायण श्रेष्ठ, अरुणप्रताप राणा, सुनिल वझा, अनुप पहाडी समेतको रोहवरमा शुक्रबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा तीनै जनाले संयुक्त रुपमा उम्मेदवारी दिनु भएको हो । उम्मेद्वारी दर्ता गराउँदै तीनै जना उम्मेदवारले सत प्रतिशत एस भोटको लागि आग्रह गर्नुभयो ।

    arjun kush and.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology