Logo बिहिवार, आश्विन १ गते २०८३
images

अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध कलम चलाउन मुख्यमन्त्री गिरीको आग्रह

अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध कलम चलाउन मुख्यमन्त्री गिरीको आग्रह

  • 1.8K
    SHARES

  • अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध कलम चलाउन मुख्यमन्त्री गिरीको आग्रह

    बुटवल वैशाख २ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पत्रकारलाई सत्य तथ्यका समाचार लेख्न आग्रह गरेका छन् ।उनले  राष्ट्रियताको पक्षमा कलम चलाउन समेत आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीको २४ औं साधारणसभिाको उद्घाटन गर्दै गिरीले नेपालका मिडिया र पत्रकारहरुले राष्ट्रियताको पक्षमा जसरी कलम चलाउनुपर्ने हो त्यो हुन नसकेको बताए ।

    मुलुकमा बिदेशी हस्तक्षेप बढेको र राष्ट्रियता संकटमा परेको औंल्याउंदै मुख्यमन्त्री गिरीले राष्ट्रियताको पक्षमा सशक्त आवाज उठाउन आग्रह गरे । नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत उचित प्रचार नभएको मुख्यमन्त्री गिरीले गुनासो गरे ।

    मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्ने अन्यथा देशको राष्ट्रियता गुम्ने खतरा रहेको उनले बताए । मुख्यमन्त्री गिरीले अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध पनि कलम चलाउन आवश्यक रहेको बताए । बामपंथी दलहरु विभाजित हुंदा राष्ट्रियता कमजोर भएको र केही दलहरु वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थका लागि काम गरेको बताए ।

    उनले संघीयता काम छैन भन्ने आवाज उठ्न थालेको औंल्याउंदै २ कार्यकाल पुरा नहुदै खराब भन्न नमिल्ने बताए । पत्रकारको पेशागत हक र सुरक्षाका लागि राज्यले ध्यान दिनुपर्ने उनले बताए ।

    पत्रकारले सत्य तथ्यमा टेकेर मात्रै समाचार लेख्न आग्रह गर्दै कसैले चुनौती नदिने खालको तथ्यीन समाचार लेख्न नहुने आग्रह गरे ।

    कार्यक्रममा नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, एमाले नेताहरु मोहन चापागाई, हितराज पन्थी, प्रेस चौतारीका अग्रज नेताहरु डिआर घिमिरे, शेरबहादुर केसी,इन्दिर अर्याल,प्रेस चौतारी केन्द्रीय सचिव प्रदीप आचार्य, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अमृत गिरी, प्रदेश महासचिव निरु गौतम, जिल्ला उपाध्यक्ष भगवती पाण्डे लगायतले आआफ्ना धारणा राखेका थिए ।

    साधारणसभामा जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले वार्षिक प्रतिवेदन,सचिव केशव भण्डारीले संगठनात्मक र कोषाध्यक्ष दिनेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

    सो अवसरमा प्रेस चौतारीका केन्द्रीय सदस्य टि.आर शर्माले जिल्ला शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा २५ हजार ५ सय २५ रुपैयांको चेक हस्तान्तरण गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology