काठमाडौँ, चैत २५ ।
काठमाडौँ उपत्यका मेयर फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ ।
शुक्रबार उपत्यकामा सम्पन्न तीन जिल्लाका १८ वटा नगरपालिका प्रमुख र उपप्रमुखको भेलाले उपत्यका नगरपालिका फोरमको अध्यक्षमा महर्जनलाई चयन गरेको हो ।
उपाध्यक्षमा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, सचिवमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी,सहसचिवमा मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले चयन हुनुभएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)