Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पक्लिहवा कृषि क्याम्पस स्ववियू सभापतिमा नेविसंघका प्रविन वस्याल विजयी

पक्लिहवा कृषि क्याम्पस स्ववियू सभापतिमा नेविसंघका प्रविन वस्याल विजयी

  • 1.5K
    SHARES

  • पक्लिहवा कृषि क्याम्पस स्ववियू सभापतिमा नेविसंघका प्रविन वस्याल विजयी

    बुटवल,चैत्र ९ ।

    रुपन्देहीको पक्लिहवा कृषि क्याम्पसमा भएको स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा  नेपाल बिद्यार्थी संघ र  अनेरास्ववियुको टीम विजयी भएको छ ।

    सभापतिमा नेविसंघका प्रविन वस्याल वस्याल विजयी हुनुभएको हो । पक्लिहवा कृषि क्याम्पसमा बुधबार मात्रै निर्वाचन भएको थियो । यहाँको स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघवीच तालमेल भएको थियो ।

    यस्तै सचिवमा अनेरास्ववियुका हरिकृष्ण पोखरेल, कोषाध्यक्षमा प्रविण बुढाथोकी निर्वाचित हुनुभएको छ ।त्यसैगरी सदस्यहरुमा अनेरास्ववियुका ३ जना र नेविसंघका २ जना विजयी भएका छन् ।

    अनेरास्ववियुका तर्फबाट विबेक खनाल, उर्मिला क्षेत्री र आशुतोष अधिकारी निर्वाचित हुनुभएको हो । नेविसंघको तर्फबाट प्रकृति घिमिरे र सुदिप शर्मा तिमिल्सिना विजयी भएको निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology