Logo बिहिवार, आश्विन १ गते २०८३
images

सभामुख देवराज घिमिरेद्वारा पदभार ग्रहण

सभामुख देवराज घिमिरेद्वारा पदभार ग्रहण

  • 2.5K
    SHARES

  • सभामुख देवराज घिमिरेद्वारा पदभार ग्रहण

    काठमाडौं, माघ ६ ।

    नवनिर्वाचित सभामुख देवराज घिमिरेले नवनिर्वाचित सांसदहरुका लागि संसदीय अभ्यास र प्रक्रिया सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गर्नुभएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सभामुख घिमिरेले लैनचौरस्थित शहीद  स्मारक जानुभई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

    त्यसपछि सिंहदरबारस्थित कार्यालय पुगेर सभामुख घिमिरेले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि उहाँले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

    बिहीबार नेकपा (एमाले) का सांसद घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित हुनुभएको थियो । उहाँले १६७ मत प्राप्त गर्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology