Logo सोमवार, आश्विन ५ गते २०८३
images

संविधानको रक्षा र भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हुनुपर्छ : सभापति शेरबहादुर देउवा

संविधानको रक्षा र भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हुनुपर्छ : सभापति शेरबहादुर देउवा

  • 1.5K
    SHARES

  • संविधानको रक्षा र भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हुनुपर्छ : सभापति शेरबहादुर देउवा

    काठमाडाैँ,पुस २५ । 

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताएका छन् । उनले सबै पक्ष आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी रहेको पनि बताए ।

    सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य भएको बताए । 

    ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो’, देउवाले भने, ‘यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हो। संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी छ।संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यस अनुरुपका आवश्यक नीति र कानून बनाउनु छ।’

    लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानूनका साथै नैतिक आचरणको विषेश महत्व हुने उल्लेख गर्दै सम्पूर्ण उर्जा, मनस्थिति, व्यवहार र काम कारवाही नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रीत हुनु पर्ने बताए । 
    देउवाले प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरणका लागि विषेश योगदान गर्न सकोस् भन्ने कामना पनि गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology