Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सैनामैनाका अशाेकलाई बँचाउन कलाकर्मीको सक्रियता,सांगितीक प्रस्तुतिबाट रकम संकलन गर्दै 

सैनामैनाका अशाेकलाई बँचाउन कलाकर्मीको सक्रियता,सांगितीक प्रस्तुतिबाट रकम संकलन गर्दै 

  • 3.0K
    SHARES

  • सैनामैनाका अशाेकलाई बँचाउन कलाकर्मीको सक्रियता,सांगितीक प्रस्तुतिबाट रकम संकलन गर्दै 

     सुरेन्द्र परियार / सैनामैना,मंसिर ४-

    रुपन्देहीको सैनामैना क्षेत्रका कलाकर्मीहरुले अशोक घिमिरे बचाउ अभियान संचालन गरेका छन् । करेन्ट लागेर गम्भिर घाइते भइ उपचाररत सैनामैना(६ पटनाका घिमिरेको उपचारमा सहयोग गर्ने उद्धेश्यले उनीहरुले रकम संकलन गरिरहेका हुन् ।

    वाइरिङ गर्ने क्रममा कन्रेन्ट लागेर शक्त घाइते बनेका २५ बर्षिय घिमिरेको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचार भैरहेको छ । गम्भिर अबस्थामा उपचार भैरहेको उनको उपचार खर्च अभाव भएपछि केही राहात होस् भन्ने उद्धेश्य सहित सैनामैना मुर्गियामा संचालित नटराज कलाकेन्द्र र बुटवल मझुवामा रहेको नित्यम कलाकेन्द्रको संयुक्त आयोजनामा “असोक घिमिरे बचाउ अभियान” संचालन गरेका हुन् । 


    उपचार खर्च बढि लाग्नेभएपछि उनको परिवारले सहयोगको याचना गरका थिए । मानबता देखाउदै केही रहात होस् भनेर विभिन्न स्थानमा सांगेतिक प्रस्तुतिहरु देखाउदै आर्थिक रकम जुटाउने अभियान चलाइएको कलाकर्मी एबं नटराज कला केन्द्रका संचालक बिक्रम रानाले बताए  ।  

    सक्नेले सहयोग गरौ, घिमिरेको ज्यान बचाऔ भन्दै सडक सडकमा पुगेर सांगितिक माध्यमबाट रकम संकलन गर्दै आएको उनले बताए  । करिब हप्तादिन अघिबाट, सुरु गरिएको अभियानबाट पहिलो चरणमा १२ हजार १ सय ६० रुपैया संकलन गरि परिवारलाइ हस्तान्तण गरिसकिएको उनले बताए । 

    हप्तामा १-२ दिन समय मिलाएर दुवै कलाकेन्द्रमा प्रशिक्षण लिइरहेका बिद्यार्थीहरु एबं कलाकर्मीहरुको सहभागितामा विभिन्न चोक तथा सडकहरुमा गइ आर्थिक रकम उठाइएको कलाकर्मी एबं नित्यम कलाकेन्द्रकी संचालिका बबिता धितालले बताइन् । उनको उपचार  खर्चमा राहात पुर्याउनका लागी यो अभियान जारी रहने कलाकेन्द्रले जनाएको छ । 

    करिब १ महिना अघि, कामको शिलशिलामा वाएरिङ गर्ने क्रममा घिमिरेको करेन्ट लागेर छतबाट खसेर गम्भिर घाइते हुन पुगेका हुन् । उनको कम्मरबाट तल्लो भागमा गम्भिर असर पुगेको  छ ।सामान्य पारिवारीक स्थिति भएका घिमिरेको भैरहवामा उपचार भैरहेको छ । उनको उपचारमा करिब १५ लाख सम्म लाग्ने परिवारले जनाएको छ ।
    यसअघि विभिन्न संघसंस्थाहरुले अभियान चलाएका छन् ।सत्य संजाल, टिम नेफो सैनामैना, आदिखोला व्वाइज गु्रप, जेसिस सैनामैना, विदेशमा रहेका नेपालीहरुको सहयोग लगायतबाट आर्थिक संकलन जारी रहेको छ ।

     

    received_661053364564818.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology