भारत,पुस १५ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आमाको निधन भएको छ । अहमेदावादस्थित युएन अस्पतालमा आज बिहान साढे ३ बजे हिरावेन मोदीको निधन भएको भारतीय मिडियाले जनाएका छन् ।
भास्कर डटकमले दिएको खबर अनुसार श्वास फेर्न गाह्रो भएपछि मंगलबार राति उनलाई अस्पताल भर्ना गरिएको थियो । मोदीले शुक्रबार बिहान ट्वीट गर्दै शानदार शताब्दीले ईश्वरको चरणमा बिराम लिएको भन्दै शोक व्यक्त गरेका छन् ।
आमाको पार्थिव शरीर राखिएको भाइ पंकज मोदीको घरमा जान तयारी मोदीले गरेका छन् ।
हिरावेन ९९ वर्ष पुगेर १०० वर्ष लागेकी थिइन् । प्रधानमन्त्री मोदीले गुजरातको विधानसभा चुनावका दौरान ४ डिसेम्बरमा गान्धी नगरमा अन्तिम पटक आमा हिराबेनसँग भेटेका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)