Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा कार्तिक २८ गतेदेखि ३ दिने पुष्प मेला हुदै

बुटवलमा कार्तिक २८ गतेदेखि ३ दिने पुष्प मेला हुदै

  • 4.7K
    SHARES

  • बुटवलमा कार्तिक २८ गतेदेखि  ३ दिने पुष्प मेला हुदै

    बुटवल, कात्तिक २५ ।

    तिहारकाे अवसरमा बुटवलमा ३ दिने पुष्प मेला हुने भएकाे छ ।  पुष्प ब्यवसायी नेपाल बुटवलले कार्तिक २८,२९ र ३० गते कान्ति माविमा मेला लगाउने भएकाे हाे । 

    तिहार अघि नै फूल फुलिसकेको हुदा पनि यो वर्ष फूल भारतबाट भित्रने पक्का रहेको अध्यक्ष किरण कुमार श्रेष्ठले बताए ।

    यो वर्ष १ लाख फूलका माला भारतबाट भित्रने तथा स्वदेशी ३० हजार माला बिक्री हुने अनुमान रहेको छ । फुल फुलाउने, बजारीकरण लगायत किसानलाई योजनाबद्घ तरिकाबाट लगिने उनले बताए ।

    यसवर्ष ९० प्रतिशत भारतबाट भित्रने आकलन छ। किसानहरुलाई संगठित गरेर संकलन केन्द्र बनाएर चिस्यान केन्द्रको समेत तयारी रहेको उनले बताए ।

    फूलको चाडका रुपमा चिनिने तिहार नजिकिएसंगै यस क्षेत्रका पुष्प ब्यवसायीहरु संगठीत भएका छन । हरेक वर्ष स्वदेशी किसानले फुलको मूल्य नपाएको र उपभोक्ताले गुणस्तरिय फूल र मूल्य बढि तिर्नुपरेको गुनासा समाधान गर्ने रुपमा संस्था गठन गरिएको नवगठित अध्यक्ष किरण कुमार श्रेष्ठले बताए ।

    अब्यवस्थित बजारलाई ब्यवस्थापन गर्ने, मुल्यमा एक रुपता ल्याउने, प्रदेश र स्वदेशी किसानहरुलाई प्रोत्साहन गर्ने, सिजल ब्यवसायलाई ब्यवस्थित गर्दै लैजाने उनले बताए ।

    किरण कुमार श्रेष्ठको अध्यक्षतामा पुष्प ब्यवसायी नेपाल बुटवल गठन भएको छ । जसको सचिव असोक कार्की, कोषाध्यक्ष पुजन श्रेष्ठ तथा सदस्यहरुमा गोपाल शर्मा, मोहन पौडेल, अशोक थापा रहेका छन । रुपन्देहीका ४० जना ब्यवसायीहरु रहेका छन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology