Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी १ मा लौरो लिएर चुनावी प्रचारमा भुवनेश्वर,चन्द्र र प्रदीपलाई धक्का दिने दाबी !

गुल्मी १ मा लौरो लिएर चुनावी प्रचारमा भुवनेश्वर,चन्द्र र प्रदीपलाई धक्का दिने दाबी !

  • 2.4K
    SHARES

  • गुल्मी १ मा लौरो लिएर चुनावी प्रचारमा भुवनेश्वर,चन्द्र र प्रदीपलाई धक्का दिने दाबी !

    बुटवल,असोज ३० ।

    गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका भुवनेश्वर अर्यालले प्रचारप्रसारलाई तीब्रता दिएका छन् ।

    यसअघि नेकपा एमाले र माओवादी केन्द्रको राजनीति गरेका अर्यालले यतिबेला स्वतन्त्रबाटलौरो चिह्न बोकेर उम्मेदवारी दिएका हुन् । अर्याल गुल्मीको रुरुक्षेत्र गाउँपालिका– २ ग्वादीका स्थानीय बासिन्दा हुन् ।

    ५२ बर्षिय अर्यालले विगतमा पूर्व गृहमन्त्री वामदेव गौतम र युवराज ज्ञवालीको स्वकीय सचिव भएर काम गरेका थिए । गुल्मी– १ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता डा.चन्द्र भण्डारी र नेकपा एमालेबाट प्रदीप ज्ञवाली उम्मेदवार छन् ।

    ठूला पार्टीका नेताहरूले काम नगरेकाले आफूले उम्मेदवारी दिएको अर्यालले बताएका छन् । उनले रुख र सूर्यबाट थाकेका असन्तुष्टलाई आफ्नो बनाएर चुनाव जित्ने दाउ बनाएका छन् । 

    गाँउमै रहेर जनतालाई नजिकबाट बुझेका अर्यालले आफ्नाे जित सुनिश्चित रहेको दाबी गर्छन् । उनले बिकास निर्माण,कृषि,शिक्षामा परिवर्तन गर्ने चाहाना रहेको नागरिक अनलाइलाई बताए । 

    उनका कार्यानुभवहरु :
    -सरस्वति मा बि लिम्घा , ग्वादी मा बि गुल्मी , ब्राइट ल्याण्ड स्कुल नेपाल गञ्ज ,एभरेस्ट माबि बुटवल र न्यु होराइजन बुटवल गरि दस बर्ष माध्यमिक बिद्यालयमा शिक्षक भई काम गरेको ।
    -पूर्व गृह तथा उपप्रधानमन्त्री बामदेवको स्वकिय सचिब भई काम गरेको 
    -पूर्व स्थानीय बिकासमन्त्री युवराज ज्ञवालीको स्वकिय सचिव भई काम गरेको ।
    -जनचेतना बचत तथा ऋण सहकारी लिको संस्थापक अध्यक्ष भई दुई कार्यकाल  काम गरेको ।
    - एक कार्यकाल ग्वादी माध्यमिक बिद्यालय गुल्मीमा  ब्यवस्थापन समितिको  अध्यक्ष ।
    -अदुवा सहकारी संघ गुल्मीको सचिब भएर काम गरेको ।
    -मेचीकाली बहुउद्देश्यीय सहकारी संस्था लिं रुपन्देहीको
    एक कार्यकाल सञ्चालक समितिको सदस्य १ 
    -सामूहिक बिकास बचत तथा ऋण सहकारी संस्था लिको एक कार्यकाल बोर्ड सदस्य ।

    -समसामयिक बिषयमा निरन्तर अध्ययन र लेखन  
    हाल प्रोपराइटर युनिभर्सल जनरल सप्लायर्स र युनिभर्सल छपाई उद्योग बुटवल ।
    -डाइरेक्टर-  बुढानिलकण्ठ प्रेस प्रालि कलङ्की , काठमान्डौ 

    ( रुरुक्षेत्र ग्वादीमा २०० बोट कागति खेती भैसकेको  र एउटा दिगो पशुफर्म सञ्चालनको तयारीमा जग्गा चक्लाबन्दी गर्दै ।

    bhuwan.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology