बुटवल,कार्तिक २५-
नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार सुन तोलामा अघिल्लो दिनको तुलनामा ३ हजार ४०० रुपैयाँ घटेको हो ।
सोमबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार घटेर तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदी तोलामा १२१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदीको मूल्य १२८५ रुपैयाँ रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)