बुटवल,असोज २६ ।
प्रतिनिधि सभा निर्वाचन कार्यालय रुपन्देही क्षेत्र नं. २ मा १८ जनाको उम्मेदवारी दर्ता भएपनि अहिले १५ जना कायम भएको छ ।उम्मेदवारीदिएका मध्ये कानुनी बमोजिम कायम रहेका प्रतिनिधि सभातर्फका १५ उम्मेदवारको सूची मंगलबार राति प्रकाशन गरेको छ।
उम्मेदवारी दर्ता गर्दाका क्रममा १८ जनाको दर्ता भएको थियो। त्यस मध्ये प्रतिनिधिसभातर्फका तीन जनाको उम्मेदवारी खारेज भएको छ । प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको छ ।
नेकपा एकीकृत समाजवादीका गुरुङसहित हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको हो ।
गुरुङ, भुसाल र बस्यालको उम्मेदवारी खारेज भएपछि १५ जनाको नाम प्रकाशित गरेको हो। एमालेका विष्णु पौडेल, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाली कांग्रेस (वीपी)का नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाईजेसनका दिपक थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र जनमुक्ति पार्टीका केशव बहादुर थापामगर रहेका छन्।
यहाँ ८ जना स्वतन्त्र हुन् भने अन्य विभिन्न राजनीतिक दलबाट छन्। स्वतन्त्र उम्मेदवारी दिनेहरूमा केशव बस्याल, टोप नारायण पौडेल, तारा घिमिरे, तुल्सीराम यादव, प्रदीप ज्ञवाली, रुपसिंह थापा, विष्णु विश्वकर्मा र सुरेन्द्र भारी छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)