Logo मंगलवार, श्रावण १२ गते २०८३
images

टिकट बितरणमा ‘मजाक’ गर्दा राष्ट्रियसभामा एमालेको एक सीट गुम्यो ,भट्टराईको पद चैट !

टिकट बितरणमा ‘मजाक’ गर्दा राष्ट्रियसभामा एमालेको एक सीट गुम्यो ,भट्टराईको पद चैट !

  • 3.2K
    SHARES

  • टिकट बितरणमा ‘मजाक’ गर्दा राष्ट्रियसभामा एमालेको एक सीट गुम्यो ,भट्टराईको पद चैट !

    बुटवल,असोज २४ ।

    टिकट बाँडफाँटलाई ‘मजाक’का रुपमा लिदाँ नेकपा एमालेले राष्ट्रियसभामा एमालेको एक सीट गुमाएको छ ।

    राष्ट्रियसभामा एमालेका सचेतक खिमलाल भट्टराईको पद पनि गुमेको छ, भने रुपन्देही ५ मा उम्मेदवारको आधिकारिकता पनि पाउन सकेनन् । रुपन्देहीको क्षेत्र नं ५ मा अन्ततः नेकपा एमालेबाट वासुदेव घिमिरेको उम्मेदवारी कायम भएपछि भट्टराई यता न उता भएका छन् । उनले पार्टी अध्यक्षको आदेशमा पत्रसहित अपराह्न पौने ५ बजे मनोनयन दर्ता गरेका थिए ।

    यसअघि सो निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट निर्वाचन लड्नका लागि शनिवार अपराह्न नेकपा एमालेले लुम्बिनी प्रदेश सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख वासुदेव घिमिरेलाई टिकट दिएकोमा आइतबार दिउसो उनको टिकट खोसेर खिमलाल भट्टराईलाई दिएको थियो ।

    basu and khimlal.jpg

    शनिवार पार्टीको आधिकारिक पत्र बुझेका घिमिरेले आइतबार अपराह्न साढे ३ बजे मनोनयन दर्ता गरेपछि अपराह्न पौने ५ बजे एमाले पोलिटब्युरो सदस्य समेत रहेका खिमलाल भट्टराईले अर्को पत्र पेश गर्दै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology