Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोना महामारी : विश्वभर १२ लाख ३५ हजार १४८ जनाको मृत्यु,४ करोड ८७ लाख ७ हजार ७८० सङ्क्रमित

कोरोना महामारी : विश्वभर १२ लाख ३५ हजार १४८ जनाको मृत्यु,४ करोड ८७ लाख ७ हजार ७८० सङ्क्रमित

  • 3.3K
    SHARES

  • कोरोना महामारी : विश्वभर १२ लाख ३५ हजार १४८ जनाको मृत्यु,४ करोड ८७ लाख ७ हजार ७८० सङ्क्रमित

    बुटवल,कात्तिक २२ –

    चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३५ हजार १४८ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार अपराह्नमा जानकारी दिएको छ ।

    गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८७ लाख ७ हजार ७८० व्यक्ति सङ्क्रमित भइसकेका छन् ।

    तीमध्ये ३ करोड १९ लाख ४५ हजार ५५० व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ ।  कोरोना भाइरसको संक्रमणबाट  बिहीबार, एकै दिनमा विश्वभरी ८ हजार ८७५ जनाको मृत्यु भएको छ ।  छ लाख ८ हजार ८६९ जना नयाँ संक्रमित थपिएका छन् ।

    एएफपीले लिएको पछिल्लो तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिका, दोस्रोमा भारत र तेस्रोमा र ब्राजिल रहेका छन् । 

    अमेरिकामा  बिहीबार एकै दिनमा १ हजार २२६ जनाको मृत्यु भएको छ  भने  भारतमा ६७० र ब्राजिलका ६३० को मृत्यु भ्एको छ ।संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३४ हजार ९४४ जनको मृत्यु भएको छ । अमोरिकामा ९६ लाख १० हजार ९६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

    अमेरिकापछि ब्राजिलमा १ लाख ६१ हजार ७३६ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख १२ हजार ३१९ कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।

    भारतमा १ लाख २४ हजार ९८५ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८४ लाख ११ हजार ७२४ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

    मेक्सिकोमा यस भाइरसका कारण ९३ हजार ७७२ जनाको मृत्यु भएको छ भने ९ लाख ४९ हजार १९७ जना सङ्क्रमित भएका छन् । संयुक्त अधिराज्यमा ४८ हजार १२० जनाको मृत्यु भएको छ भने ११ लाख २३ हजार १९७ जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।

    चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । ल्याटिन अमेरिका र क्यारिबेनमा ४ लाख ८ हजार ७३५ जनाको मृत्यु भएको छ भने १ करोड १४ लाख ८६ हजार  ८९६ संक्रमित रहेका छन् । 

    युरोपमा २ लाख ९७ हजार ७५७ जनाको मृत्यु भएको छ भने १ करोड १९ लाख २१ हजार ३५५ जना संक्रमित भएका छन् । एसियामा कोरोना भाइरसबाट १ लाख ७४ हजार ९४५ जनाको मृत्यु भएको छ भने १ करोड ८ लाख ७९ हजार ३०० कोरोना भाइरस संक्रमित भएका छन् ।

    मध्यपूर्वमा यस भाइरसबाट ६३ हजार २०७ जनाको मृत्यु भएको छ भने २६ लाख ८४ हजार २०३ जना संक्रमित भएका छन् । अफ्रिकामा ४४ हजार २३८ जनाको मृत्यु भएको छ भने १८ लाख ४४ हजार ३८४ जना संक्रमित भएका छन् । ओसियानामा ९४१ जनाको मृत्यु भएको छ भने २९ हजार ८९७ जना संक्रिमित भएका छन् ।

    एएफपीले विश्व स्वास्थ्य संगठनको स्रोतबाट बाहिर ल्याएको यस तथ्याङ्कमा सम्भवतः संक्रमणको वास्तविक संख्याको केही अंश मात्र देखाएको एएफपीले जानकारी दिएको छ ।

    धेरै देशहरूले केवल लक्षण वा गम्भीर प्रकारको  बिरामीको मात्र परीक्षण गरिरहेका जनाइएको छ । –एएफपी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology