बुटवल,साउन १ ।
सामाजिक अभियन्ता तथा बुद्धिजीवी विधु प्रकाश कायस्थ राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय महाराजगन्जमा साउन १ गते आयोजित एक कार्यक्रममा उहाँ लाई पार्टी संस्थापक अध्यक्ष तथा पूर्व मन्त्री एम एस थापाले पार्टी सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन्।
पार्टी अध्यक्ष केपी पालुङ्वाले खादा र कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले पार्टी दस्ताबेज हस्तान्तरण गर्दै कायस्थलाई स्वागत गरे। नवप्रवेशी कायस्थले अब का दिनमा वैकल्पिक शक्तिको रूपमा राष्ट्रिय जनमुक्ति पार्टी नै अगाडि आउने दाबी गर्दै आफूले सकेको योगदान गर्न आफू पार्टी प्रवेश गरेको बताए।
कायस्थलाई केन्द्रीय तहमा पदाधिकारी हैसियतमा स्थान दिने सहमति भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)