Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रगतिशील पत्रकार संघको केन्द्रिय संयोजकमा श्यामलाल पोखरेल

प्रगतिशील पत्रकार संघको केन्द्रिय संयोजकमा श्यामलाल पोखरेल

  • 1.7K
    SHARES

  • प्रगतिशील पत्रकार संघको केन्द्रिय संयोजकमा श्यामलाल पोखरेल

    बुटवल, असार १३ ।

    प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रिय संयोजकमा श्यामलाल पोखरेल चयन हुनुभएको छ । प्रगतिशील पत्रकार संघ नेपाल नेकपा मसाल र राष्ट्रिय जनमोर्चा निकटको संगठन हो ।

    २०७९ असार ११ गते बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले केन्द्रिय संयोजकमा पोखरेल र सचिवमा प्रकाश थापालाई चयन गरेको हो ।

    प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रिय समितिको बैठकले केन्द्रिय समितिका गोपाल भट्टराई, जितेन्द्र खत्री, हरि न्यौपाने, मोनह वेलवासे र विशाल कार्कीलाई केन्द्रिय सदस्यमा चयन गरेको छ ।

    प्रगतिशील पत्रकार संघ नेपालको छिट्टै भौतिक रुपमा बैकठ बसेर सम्मेलनको तिथिमिति तोक्ने र अन्य निर्णय गरिने संयोजक श्यामलाल पोखरेलले बताउनुभएको छ । प्रगतिशील पत्रकार संघ नेपालको देशका ५४ जिल्लामा संगठन छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology