Logo बिहिवार, आश्विन १ गते २०८३
images

भ्रष्टाचारमुक्त तिलाेत्तमा बनाउने अभियानमा साथ दिन रामकृष्ण खांणको आग्रह

भ्रष्टाचारमुक्त तिलाेत्तमा बनाउने अभियानमा साथ दिन रामकृष्ण खांणको आग्रह

  • 2.4K
    SHARES

  • भ्रष्टाचारमुक्त तिलाेत्तमा बनाउने अभियानमा साथ दिन रामकृष्ण खांणको आग्रह

    तिलोत्तमा, २५ वैशाख ।

    रुपन्देहीको तिलोत्तमामा गठबन्धनले मतदाता शिक्षासंगै संयुक्त कोणसभा गरेका छन् । नगरपालिकाका वडा न १३ स्थित मडाहा चोक,बबनी चोक,कनौजिया चोकमा कोणसभा भएको हो ।

    तिलोत्तमाका मेयर पदका उम्मेदबार रामकृष्ण खांणले आफुहरु जितको नजिक रहेको बताए । देशैभरी पांचदलीय गठबन्धनको माहोल बनेको र जनमत आफुहरुको पक्षमा रहेको समेत उनको दाबि छ । 

    उनले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा हिडेको बताउँदै गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न आग्रह गरेका थिए । उनले आफ्ना प्रतिबद्धताहरु स्थानीयलाई सुनाउँदै तिलोत्तमाको समग्र बिकासको लागि यो पटक आफुहरुलाई जिताएर सेवक बन्ने अवसर दिन आग्रह गरे ।

    उपमेयर पदका उम्मेद्वार हेमलाल पाण्डे हेमन्तले गठबन्धनमा बदर नहुनेगरि मतदान गर्न आग्रह गर्दै मेयरमा रुख र उपमेयरमा हसिया हतौडामा मतदान गर्न आग्रह गरे ।

    सो अबसरमा नेपाली कांग्रेसकी नेतृ तथा रुपन्देही कांग्रेसकी उपसभापति अनिता शाहले लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाइ बिजयी बनाउनुपर्ने बताइन् । उनले रुपन्देहीमा कांग्रेस पहिलो पार्टी बन्ने बताइन् । सो अवसरमा माओबादी केन्द्रका नेता सुदीप न्यौपाने,बिमला चौधरी,वडा न १३ का वडाध्यक्ष पदका उम्मेदबार नारायण ढकाल, जर्नादन यादव लगायतले बोल्दै गठबन्धनलाइ बिजयी बनाउन आग्रह गरे 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology