बुटवल,बैसाख २० ।
मौलिक जरोकिलो पार्टी ,तिलोत्तमा नगर प्रचार प्रसार समितिले घरदैलो कार्यक्रम गरेको छ ।
तिलोत्तमा ९ को घरदैलो सम्बोधन गर्दै तिलोत्तमा नगरपालिका प्रमुख पदका उम्मेदवार शिव पंगेनिले स्थानिय निर्वाचन २०७९ ले मौलिक जरोकिलो पार्टीको राष्ट्रिय परिचय स्थापित गरेको बताउनु भएको छ ।
तिलोत्तमालाइ बहुआयमिक क्षेत्र धर्म,शिक्षा ,अर्थतन्त्र र शुशासन बाट कुशल नेत्रित्व प्रदान गरि तिलोत्तमा लाई मौलिक व्यवस्थाको नमुना नगरको रुपमा बिकास गर्ने बताउनुभयो ।
मौलिक जरोकिलो पार्टी ,२०७६ सालमा निर्वाचन आयोगमा दर्ता भइ कम्युटरमा चिन्ह प्राप्त गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)