Logo बुधवार, श्रावण १३ गते २०८३
images

तिलोत्तमा नगरमा कांग्रेसका तर्फबाट रामकृष्ण खाँणले मेयरमा उम्मेदवारी दर्ता गराए

तिलोत्तमा नगरमा कांग्रेसका तर्फबाट रामकृष्ण खाँणले मेयरमा उम्मेदवारी दर्ता गराए

  • 3.6K
    SHARES

  • तिलोत्तमा नगरमा कांग्रेसका तर्फबाट रामकृष्ण खाँणले मेयरमा उम्मेदवारी दर्ता गराए

    बुटवल,बैसाख १२ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कांग्रेसका तर्फबाट रामकृष्ण खाँणले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला सभापति समेत रहेका उनले आज तिलोत्तमा नगरपालिकास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

    यो नगरपालिकामा काँग्रेस र नेकपा माओवादी केन्द्र बिच तालमेल भएको छ । उपमेयरमा माओवादी केन्द्रका हेमन्त पाण्डेले उम्मेदवारी दर्ता गराएका छन । दिउँसो ३ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर गठबन्धनका तर्फबाट काँग्रेसका खाँण र माओवादीका पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन ।

    मनोनयन दर्ता  गराएपछि खाँणले तिलोत्तमा नगरपालिकालाइ देशकै स्वच्छ,सुन्दर,हरियाली र समृद्ध नगरपालिकाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए । आफु निर्वाचित भए नगरपालिकाबाट पाउने तलब भत्ता समेत नलिइ बालबालिकाको शिक्षा र जेष्ठ नागरिकको स्वास्थ्यमा लगानी गर्ने बताए ।

    नगरपालिका भित्रको खेतीयोग्य जमिनमा आधुनिक कृषि प्रणाली मार्फत कृषिको व्यवसायीकरण गर्ने,उत्पादनमुलक उद्योगमा लागनी भित्र्याउन लागानी मैत्री वातावरण बनाउने,शिक्षा,स्वास्थ्य,सडक, फोहोर व्यवस्थापन, खानेपानी जस्ता विकासका पूर्वाधार तयार गरी समृद्ध नगर बनाउने विशेष योजना सहित मेयरका उम्मेद्वारी दिएको र आफुले गरेका बाचा पुरा गरेरै छाड्ने खाँणले बताए ।

    जनतालाइ झुटो आश्वासन नबाँड्ने भन्दै उनले आफुले बोलेका कुरा पुरा गरेरै छाड्ने प्रतिबद्धता दोहोरयाए । 


    बुवा र दाइको पदचाप पछ्याउँदै पञ्चायत बिरोधी आन्दोलनबाट राजनीतिमा लागेँ : रामकृष्ण खाँण

    siddhababa hospital.jpg

    मेयरका उम्मेद्वार खाण नेपाली काँग्रेस रुपन्देहीका सभापती पनि हुन ।  यसअघिको स्थानीय निर्वाचनमा पनि उनी तिलोत्तमाको मेयरमा उठेका थिए  ।  

    नेपाली काँग्रेसको राजनीति गरेपनि आम जिल्ला बासीकालागि परी आउदा साझा नेताको रुपमा सहयोगी भुमिका खेल्ने भएकाले उनी रुपन्देहीको राजनीतिक बृत्तमा चर्चित र लोकप्रिय छन । २०२२ सालमा रुपन्देहीको मणिग्राममा जन्मिएका नेता खाँणको परिवार उनी नजन्मदै २०१७ सालमा रुपन्देही झरेको हो । 

    उनी गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणका भाइ हुन ।  उनका पिता पनि काँग्रेसको राजनीतिमा सक्रिय थिए । बाल्यकालमा २०३५ सालदेखि नै उनी बुवा र दाइको पदचाप पछ्याउँदै पञ्चायत बिरोधी आन्दोलनमा लागेका थिए । २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववीयु इकाइको कोषाध्यक्ष भएका थिए ।

    २०५४ सालमा उनी काँग्रेस रुन्पन्देहीको जिल्ला कार्यसमिति सदस्य भए । २०६६ सालमा जिल्ला सचिव भए । त्यसपछिका कार्यकाल पनि सचिव भएका उनी गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनबाट काँग्रेस रुपन्देहीको सभापतीमा निर्विरोध निर्वाचित भएका हुन ।

    यी हुन्  नेपाली कांग्रेस रुपन्देहीका पालिका प्रमुख पदका उमेदवार :

    १ बुटवल उपमहानगरपालिका –खेलराज पाण्डे

    २ तिलोत्तमा नगरपालिका – रामकृष्ण खाँण

    ३ सैनामैना नगरपालिका –फणिन्द्र शर्मा

    ४ देवदह – हिरा केसीले

    ५ लुम्बिनी सांस्कृतिक नगरपालिका –सजरउद्धिन मुसलमान

    ६ सिदार्थनगर पालिका –ईस्तियाक अहमद खान

    ७ सियारी गापा – थानेश्वर घिमिरे

    ८ मायादेवी – धुव्रनारायाण चौधरी

    ९ शुद्धोधन –विष्णु वस्याल

    १० गैडहवा –वसिउल्लह मुसलमान

    ११ कञ्चन –नवराज ढकाल

    १२ रोहिणी वैजनाथ साहानी

    १३ समरीमाई –विनोद श्रीवास्तव

    १४ मर्चवारीमाई –ज्ञान प्रकास मिश्रा

     

    १५ कोटहीमाई –वलराम यादव

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology