Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चितवनको ख्यातीप्राप्त शैक्षिक संस्था वेभ एजुकेशनल एकाडेमीको पाँचौ साधारणसभा सम्पन्न

चितवनको ख्यातीप्राप्त शैक्षिक संस्था वेभ एजुकेशनल एकाडेमीको पाँचौ साधारणसभा सम्पन्न

  • 5.5K
    SHARES

  • चितवनको ख्यातीप्राप्त शैक्षिक संस्था वेभ एजुकेशनल एकाडेमीको पाँचौ साधारणसभा सम्पन्न

    बुटवल,कार्तिक ३-

    चितवनको ख्यातीप्राप्त शैक्षिक संस्था वेभ एजुकेशनल एकाडेमीको पाँचौ साधारणसभा सम्पन्न भएको छ ।

    आज भरतपुरमा भएको साधारणसभामा संस्थाका अध्यक्ष डा. दीपक तिवारीले प्रगति बिवरण प्रस्तुत गर्दै संस्थालाई सबैको रोजाईमा परेको दाबि गरे । उनले संस्थाको  प्रतिष्ठालाइ कायमै राख्न सहयोग गर्ने सबैलाइ धन्यबाद समेत दिए ।

    एकाडेमीका म्यानेजिङ डाइरेक्टर सुरज ज्ञवालीले कोभिडका कारण संस्थाले सबै बिद्यार्थीलाइ संगै उपस्थित बनाएर अध्ययन अध्यापन गराउन सम्भब नभएकाले अहिले अनलाइन बिधिबाट प्लस टु पछिका कोर्षका कक्षाहरु संचालन भैरहेको बताए । 

    कार्यक्रममा संस्थाका लेखा प्रमुख राहुल शर्माले बार्षिक आय ब्यय प्रस्तुत गरेका थिए  ।wave 5.jpg

    साथै संस्थाले ५ सदस्यिय वर्किङ कमिटी समेत गठन गरेको एम डी सुरज ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    आजै चयन भएको नयाँ समितिको अध्यक्षमा डा।दीपक तिवारी, म्यानेजिङ डाइरेक्टर सुरज ज्ञवाली,वर्किङ कमिटी सदस्य देव पाठक,राहुल शर्मा र सचेत सुबेदी रहेका छन् । 

    वेभले विएससी एजी,फरेस्ट्री,नर्सिङ,फुड,फिसरिज,विटेक,विएमएलटी,विइ,विभिएससी,ए एच लगायतका  तयारी कक्षा संचालन गर्दै आइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology