बागलुङ,वैशाख ९ ।
मेयरको उम्मेद्वार बन्नका लागि बागलुङको जैमिनी नगरपालिकाका उपमेयर लिला रानाले राजीनामा दिएका छन् ।
रानाले नगरप्रमुख इन्द्रराज पौडेल समक्ष दिएको राजीनामा स्वीकृत भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपमेयर पदमा निर्वाचित राना आसन्न निर्वानमा पार्टीबाट जैमिनी नगरपालिकाको मेयर उम्मेदवारमा सिफारिस भएका छन् ।
पार्टीको निर्णय अनुसार राणा उम्मेवार बन्ने भएकाल राजीनामा स्वीकृत गरिएको नगरपालिकाका मेयर पौडेलले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)