Logo बिहिवार, आश्विन १ गते २०८३
images

होराइजनमा भूपू बिद्यार्थीद्वारा दीर्घसेवा गर्दै आएका शिक्षकलाई सम्मान

होराइजनमा भूपू बिद्यार्थीद्वारा दीर्घसेवा गर्दै आएका शिक्षकलाई सम्मान

  • 3.1K
    SHARES

  • होराइजनमा भूपू बिद्यार्थीद्वारा दीर्घसेवा गर्दै आएका शिक्षकलाई सम्मान

    बुटवल,बैशाख ३  ।

    न्यू होराईजन माविका भुतपुर्व विद्यार्थीहरुले दीर्घसेवा गर्दै आएका शिक्षकलाई सम्मान गरेका छन् । शनिवार विद्यालयमा एक कार्यक्रम आयोजना गरी  विद्यालयमा २५ बर्ष देखि निरन्तरत शिक्षण सेवा गर्दै आएका शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको हो । 
    भु.पु बिद्यार्थीले हरेक बर्ष शिक्षक तथा कर्मचारीलाई सम्मान गर्दै आयको र यो वर्ष पनि २५ बर्ष सेवा दिदै आयका १६ जना सम्मान गरीएको भु.पु विद्यार्थीका अध्यक्ष निरज लाकौलले बताए ।  कार्यक्रमा प्रमुख अथिति न्यू होराइजन माध्यमिक बिद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजु, संरक्षक लोकनाथ उपाध्याय, न्यू होराइजन पाल्पाका अध्यक्ष निर्मल प्रसाद लाकौल, क्षितिज कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, होराइजन जि.वि.एस प्रिन्सिपल गोपाल आर्चाय लगाएत बोलेका थिए ।

    संरक्षक लोकनाथ उपाध्यायले कार्यक्रममा बोल्दै आफ्नै विद्यार्थीले गरेको सम्मान अनुकरणीय भएको बताए ।  उनले लामो समय देखि अध्यापन गर्दै आएका शिक्षकहरुलाई आफ्ना भु.पू विद्यार्थीले गरेको सम्मानले थप हौसला थपेको उनको भनाई थियो । 
    मान बहादुर गुरुङ्ग,शिमा तिमिल्सिना ,कपिल आर्चाय ,सुरज ढकाल ,जिवलाल ज्ञवाली ,राधा भण्डारी, राजेन्द्र लम्साल ,पार्वती घिमिरे ,बासुुदेव अर्याल ,गिता कंडेल शर्मा पाण्डे ,सरस्वती गौतम ज्ञवाली ,रमेश रेग्मी ,लक्ष्मी कुमारी मल्ल ईश्वरी रिजाल चेतन बहादुर उचै ठकुरी र कृष्ण बहादुर बिष्ट लाई सम्म्मान गरिएको कार्यक्रम संयोजक उमेश अमात्यले जानकारी दिए  । कार्यक्रमको संचालन सचिव विकास श्रेष्ठले गरेका थिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology