बुटवल, चैत १० ।
एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज बुटवलमा एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर संचालन गरेको छ ।
एडुकेशन फेयरको एक्सपर्टका सिइओ बद्री अर्याल,लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराइ तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजका ब्रान्ड एम्बेष्डर पारश खड्काले उद्घाटन गरे ।
एक्सपर्ट बुटवलका निर्देशक रोशन कडेलले बुटवल भएको सेमिनारले अष्टेलिया, क्यानडा, युके र अमेरीकाका विश्व विद्यालयका प्रमुख तथा प्रतिनधिहरुसंग विद्यार्थीले प्रत्यक्ष भेटघाट गरेर निशुल्क परामर्श गरेको बताए । कार्यक्रममा सहभागि विद्यार्थीहरुको लागि प्रि भिजा प्रोेसेसिङ्ग र मोक एक्जाम समेत निःशुल्क हुने भएको उनले बताए । कार्यक्रममा विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थी र अष्ट्रेलिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासंग प्रत्यक्ष रुपमा संवादगरेका छन् ।
नेपालका प्रमुख १६ शहरहरु समेत विश्वका १३ देशका ४५ भन्दा बढी शहरहरुमा शाखाहरु संचालनमा रहेको एक्सपर्टले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशक देखि आधिकारीक र विश्वसनिय परामर्श प्रदान गर्दै आएको सिइओ बद्री अर्यालले बताए ।
सो अबसरमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराइले उच्च शिक्षा लिएर सक्षम बन्न र आफुलाइ अरुभन्दा पृथक बनाउन सहभागि बिद्यार्थीलाइ सुझाव दिए । एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजका ब्रान्ड एम्बेष्डर पारश खड्काले अध्ययनका लापग बिदेश गइपनि शिक्षा र सीप सिकेर स्वदेशमै फर्केर देशको सेवा गर्न आग्रह गरे ।
सेमिनारमा अष्ट्रेलिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, बैंकका प्रतिनिधि, अष्ट्रेलिया तथा काठमाण्डौबाट आएका प्रतिनिभिसंग करिब ४ सय नेपाली बिद्यार्थीले परामर्श लिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)