Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भोलिदेखि कारोबारमा आउने

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भोलिदेखि कारोबारमा आउने

  • 2.0K
    SHARES

  • जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भोलिदेखि कारोबारमा आउने

    बुटवल,फागुन २८। 

    जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोलिदेखि कारोबारमा आउने भएको छ । नेप्सेमा कम्पनीको सेयर सूचीकृत भएपछि आइतबारदेखि कारोबारमा आउने भएको हो ।

    नेप्सेले कम्पनीको कारोबार संकेत जाल्पा दिएको छ । लघुवित्तले सर्वसाधारणलाई जारी गरेको ५ लाख २२ हजार कित्ता र १० लाख ८७ हजार कित्ता संस्थापक सेयर गरी कुल १६ लाख सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    कम्पनीको सेयरको सुरुवाती कारोबारका लागि नेप्सेले न्यूनतम १६४।६० रुपैयाँ र अधिकतम ४९३।८० रुपैयाँ मूल्य तोकेको छ । आइतबारदेखि कम्पनीको सेयर मूल्य यही न्यनतम र अधिकतममूल्यको बीचमा रहेर कारोबार हुने छ ।

    लघुवित्तले माघ २१ गतेदेखि २९ गतेसम्म आइपीओको बिक्री खुलाएको थियो । यस्तै, फागुन १ गते सेयर बाँडफाँड भएको थियो । सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology