Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रलाई योगदान दिन राजनीतिमा आएँ : कांग्रेस सभापति अमर पुन

राष्ट्रलाई योगदान दिन राजनीतिमा आएँ : कांग्रेस सभापति अमर पुन

  • 2.0K
    SHARES

  • राष्ट्रलाई योगदान दिन राजनीतिमा आएँ : कांग्रेस सभापति अमर पुन

    बुटवल,पुस २९ ।

    नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमगरले राष्ट्रको लागि केहि योगदान दिन आफू राजनीतिमा आएको बताउनु भएको छ ।

    नेपाली कांग्रेस रोल्पाद्वारा नवनिर्वाचित प्रदेश सभापति पुनको सम्मानमा आयोजित बधाई तथा शुभकामना समारोहमा राष्ट्रलाई योगदान दिन आफू राजनीतिमा आएको बताउनु भएको हो ।

    प्रदेश सभापति पुनले भन्नुभयो-‘ सम्पूर्ण पेशा व्यवसाय र सुखद जीवन त्यागेर राजनीतिमा आएको हुँ । मेरो एउटा निर्विकल्प पेशा भनेको राजनीति हो । म मेरो जिल्ला, प्रदेश र समग्र राष्ट्रलाई केहि योगदान दिने संकलन र अठोट सहित राजनीतिमा आएको हुँ ।’

    सभापति पुनले सक्षम र क्षमतावान युवाहरूको आकर्षणको केन्द्र अब कांग्रेस बनाउनु पर्ने खाकासहित लुम्बिनी कांग्रेसले योजना बनाइरहेको बताउनु भएको छ ।

    उहाँले आफ्ना गृह जिल्ला रोल्पाका कांग्रेस नेता तथा कार्यकर्तालाई साक्षी राखेर रोल्पको शिर निहुराउने कुनै काम नगर्ने प्रतिज्ञा समेत गर्नु भएको छ । उहाँले निर्वाचन पछिको हार्दिकतालाई कायम राख्दै संगठन निर्माण, सबलीकरण तथा सुढृढीकरणमा लाग्नु पर्ने अनुरोध गर्नु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology