Logo बिहिवार, आश्विन १ गते २०८३
images

 एमसीसी राष्ट्रघाती छ, पारित गर्नुहुँदैन : मोहन वैद्य

 एमसीसी राष्ट्रघाती छ, पारित गर्नुहुँदैन : मोहन वैद्य

  • 2.3K
    SHARES

  •  एमसीसी राष्ट्रघाती छ, पारित गर्नुहुँदैन  : मोहन वैद्य

    बुटवल,पुस २७।

    नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले अमेरिकी सहयोग परियोजना, एमसीसी राष्ट्रघाती भएकाले पास गर्न नहुने बताएका छन्।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। भारतले नेपालको दार्चुला जिल्लामा सडक बनाइरहेको तर सरकार बोल्न नसकेको भन्दै उनले आपत्ति जनाए। 

    ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक पटक कालापानीको नेपाली क्षेत्रमा सडक विस्तार गर्ने सार्वजनिक रुपमा भनेका छन्। तर, यो सरकारले किन बोलेन ?’ उनले भने, ‘अब सरकार नबोलेपनि देशको स्वाधीनता जोगाउन सच्चा क्रान्तिकारीहरू बोल्नुपर्ने छ।’ 

    नेपाली कांग्रेस,एमाले,माओवादी र राप्रपाको महाधिवेशन हेरेर अब यी राजनीतिक पार्टीबाट देश विकास हुँदैन भन्ने प्रष्ट भएको उनको भनाइ छ।

    उनले अहिले भएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू कमजोर भएका कारण देश कमजोर भएको बताए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology