Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा सञ्चालित मेलामा विशेष सांस्कृतिक कार्यक्रम र कन्सर्ट

बुटवलमा सञ्चालित मेलामा विशेष सांस्कृतिक कार्यक्रम र कन्सर्ट

  • 2.2K
    SHARES

  • बुटवलमा सञ्चालित मेलामा विशेष सांस्कृतिक कार्यक्रम र कन्सर्ट

    बुटवल,पुस १६ । 

    अंग्रेजी नयां वर्षको अवसरमा बुटवलमा सञ्चालित औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा विशेष सांस्कृतिक कार्यक्रम र कन्सर्ट जारी छ ।

    मेला अवलोकन गर्न आउने दर्शकलाई मेलास्थलमै सांगीतिक कार्यक्रमसहित नयां वर्ष मनाउने अवसर दिलाउन मेला आयोजकले कन्सर्ट आयोजना गरेका हुन् ।

    अन्य दिन भन्दा शुक्रबार नयां वर्ष विशेष बनाउन दिउसो र सांझ छुट्टाछुट्टै सांस्कृतिक कार्यक्रम र कन्सर्ट आयोजना गरिएको  मेला सचिवालय संयोजक पदम जीसीले बताए । शुक्रबार दिउसो पुस्कल शर्मा,डिला बिक,अनिल पहाडी,नन्दु परियारले गायन र एक खुट्टाले नाच्ने डान्सर रोमा  न्यौपाने तथा ओसियन अटो प्रदर्शनी डान्स आइडलका प्रतियोगीले नृत्य प्रस्तुत गर्ने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए ।

    यस्तै सांझमा नयां वर्ष विशेष कन्सर्टमा प्रिति आले,सौगात सायर,नुमा थापा,सृष्टि रणपाल र डीजे पोन्चिभोको प्रस्तुति छ ।
    आज मेलामा दर्शकको उत्साहजनक उपस्थिति भएको मेला संयोजक उद्योग ब्यापार संघ बुटका अध्यक्ष गोबिन्दराज गैरेले बताए ।स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका छन् ।melaa.jpg  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology