बुटवल,पुस ११ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्ती शाही(राप्रपा) की महामन्त्री कुन्ती शाहीले राष्ट्रियता बलियो बनाउनु पर्ने बताएकी छन्।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा जनताले चाहेका विषयमा छलफल गर्न आग्रह गर्दै राष्ट्रियता बलियो बनाउनुपर्ने बताएकी हुन्।
उनले विचार र वादहरु फरक भए पनि देश पहिले हुने धारणा राखिन्। उनले विचार मात्र होइन राष्ट्रियता बलियो बनाउनु पर्ने बताइन्। बलियो अर्थतन्त्र र राष्ट्रियता बलियो बनाउन सबै जना जुट्नु पर्ने उनले बताइन्। युवाहरुलाई देशमा नै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनु पर्ने उनले बताइन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)