Logo बिहिवार, आश्विन १ गते २०८३
images

सामन्तवादी चिन्तन र एकाधिकार पूँजिबादी संरचनाका कारण दलित समुदाय अपहेलनामा परे : मन्त्री इन्द्रजित थारु

सामन्तवादी चिन्तन र एकाधिकार पूँजिबादी संरचनाका कारण दलित समुदाय अपहेलनामा परे : मन्त्री इन्द्रजित थारु

  • 4.6K
    SHARES

  • सामन्तवादी चिन्तन र एकाधिकार पूँजिबादी संरचनाका कारण दलित समुदाय अपहेलनामा परे : मन्त्री इन्द्रजित थारु

    बुटवल,पुस ६।  

    लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारुले समाजमा रहेको सामन्तवादी चिन्तन र एकाधिकार पूजिबादि संरचनाका कारण दलित समुदाय अपहेलित हुनुपरेको बताउनुभएको छ ।

    उहाँले संविधानको मौलिक हकमा दलित समुदायका लागि अधिकार उल्लेख गरिएको बताउँदै कार्यान्वयमा समस्या देखिएको बताउनुभयो । जागरण मिडिया सेन्टरले आयोजना लुम्बिनी प्रदेशमा दलित सशक्तिकरण विधेयकका सवालमा सरोकारवालासँग छलफल कार्यक्रममा बोल्दै मन्त्री थारुले दलित समुदायलाई न्याय र अधिकार दिलाउन दलित समुदायका लागि छुट्टै कानुन निर्माणमा सरकार सकारात्मक रहेको बताउनुभयो ।

    उहाँले कानूनको मस्यौदामा कुन कुन क्षेत्रमा कानुन नहुदा दलित समुदायको अधिकार कार्यान्वयन नभएको भनेर यकिन गर्न सुझाव दिनुभयो ।

    उहाँले प्रतिनिधित्वलाई अनिवार्य गरैकै कारण संसददेखि सरकारसम्ममा दलित समुदायको उपस्थिती रहेको बताउनुभयो । उहाँले दलित समुदाय आर्थिक, सामाजिक, स्वास्थ्य तथा हरेक क्षेत्रमा पछाडि परेकाले बिशेष व्यवस्था गर्नुपरेको बताउनुभयो । उहाँले भेदभाव अन्त्य सहितका कुप्रथाका विरुद्ध अन्य समुदायको चेतना स्तर पनि उजागर गर्न जरूरी रहेको बताउनुभयो ।

    कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले लुम्बिनी प्रदेशमा दलित समुदायको समस्या सम्बोधन गर्न र देशमै सन्देश दिनका लागि समेत दलित सशक्तिकरण विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद दीपा विश्वकर्मा, अर्का सांसद जाल्पा भूसालले छुट्टै कानूनका लागि आफूहरुले सांसदको रुपमा भूमिका निर्वाह गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा नेकपा एकिकृत समाजवादी रुपन्देहीका सचिव अविराम विश्वकर्मा, अधिवक्ता पदम बहादुर कार्की,  दलित नेताहरु लोक बहादुर नेपाली, अर्जुन रसाईली, सावित्रा विश्वकर्मा, याम बहादुर सुनार, रामबहादुर विश्वकर्मा, सुमित्रा बराल, कान्ति परियार, सावि विक लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रम जागरण मिडिया सेन्टरका लुम्बिनी संयोजक विनोद परियारको अध्यक्षता तथा अम्बिका परियारको सञ्चालनमा सम्पन्न भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology