बुटवल,मंसिर २७ ।
बुटवलको न्यु होराइजनमा मिस/मिस्टर प्रतियोगिता २०७८ सम्पन्न भएको छ । प्रतियोगितामा १२० जनाको सहभागिता रहेको थियो।
सिनियर र जुनियर क्लासबाट सहभागि मध्ये सिनियर क्लासबाट दिपेश पोख्रेल बिक र सृष्टि रोका मगरले जित हासिल गरे भने जुनियर तर्फ शिखर परियार र सुनिष्का कर्माचार्यले टाइटल जितेको अल्फा लियो क्लवका सल्लाहकार कपिल आचार्यले नागरिक अनलाइनलाई जानकारी दिए ।
साे अवसरमा न्यु होराइजनका प्राचार्य लाेकनाथ उपाध्याय,अध्यक्ष ज्ञानेन्द्र कसजु,उपप्राचार्य बासुदेव अर्याल,क्लवका कृसा ज्ञवाली ,खुसी थापा लगायतले बाेलेका थिए ।
मिस/मिस्टर प्रतियोगिता २०७८मा सहभागिले नेपाली कला संस्कृती झल्कने पाेशाक,नाँच,क्षमता लगायतको मुल्यांकन गरिएको थियो। हाेराइजनकै इतिहासमा यसप्रकारको कार्यक्रम पहिलाे पटक भएको आयाेजक अल्फा लियाे क्लव अफ न्यु हाेराइजनले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)