Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाली मुद्राहरूमा पृथ्वीनारायण शाहको तस्बीर अङ्कित गर्न ‘नमुना जनमत सङ्ग्रह’

नेपाली मुद्राहरूमा पृथ्वीनारायण शाहको तस्बीर अङ्कित गर्न ‘नमुना जनमत सङ्ग्रह’

  • 3.7K
    SHARES

  • नेपाली मुद्राहरूमा पृथ्वीनारायण शाहको तस्बीर अङ्कित गर्न ‘नमुना जनमत सङ्ग्रह’

    बुटवल, मंसिर १६ ।

    नेपाली मुद्राहरूमा पृथ्वीनारायण शाहको तस्बीर अङ्कित गर्न भन्दै ‘नमुना जनमत सङ्ग्रह’ गरिएको छ । मौलिक जरोकिलो पार्टी, लुम्बिनी प्रदेशको आयोजना र रूपन्देही जिल्ला समितिको सह-आयोजनामा ‘नमुना जनमत सङ्ग्रह’ भएको हाे ।

    नेपाललाई स्वतन्त्र, स्वाधिन एवम् सार्वभौमसत्तासम्पन्न राष्ट्रको रूपमा उभ्याउन नेतृत्त्व प्रदान गर्नु भएका ‘राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह’को तस्बिर अङ्कित गर्न माग गरिएको रुपन्देही जिल्ला संयोजक जीवन भण्डारीले नागरिक अनलाइनलाइ बताए  । साे प्रस्तावमा समर्थन छ वा छैन भन्ने बारेमा गरिएको नमुना जनमत सङ्ग्रहमा उल्लेख्य जनसहभागिता रहेको र धेरैले प्रस्तावमा समर्थन जनाएका थिए ।

     कार्यक्रममा मौलिक जरोकिलो पार्टी, लुम्बिनी पर्देशका सह-संयोजक सम्पूर्ण खनाल इण्द्रेणी, सचिव संगीन श्रेष्ठ तथा रुपन्देही जिल्ला संयोजक जीवन भण्डारीले मन्तव्य व्यक्त गरे ।

    नमुना जनमत सङ्ग्रहको आगामी कार्यक्रम यही मंसिर १८ गते शनिवार रूपन्देहीको मणिग्राम चोकमा र २० गते सोमवार देवदहको भलुही चोक र खैरेनी चोकमा आयोजना गरिने छ ।vo.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology