बुटवल,मंसिर १५ ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, बुटवल शाखाले रुपन्देहीमा एक दिने निशुल्क शैक्षिक सेमिनार गर्ने भएको छ । बुटवल मिलनचोकस्थित बुटवल सिटी सेन्टरमा शनिबार निशुल्क शैक्षिक सेमिनार गर्ने भएको हो ।
उच्च शिक्षाकालागि अष्टेलिया, यु.के., अमेरिका र क्यानडा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै निशुल्क सेमिनार गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसका निर्देशक रोशन कंडेलले जानकारी दिए ।
साे सेमिनारमा विभिन्न देशका १० वटा शैक्षिक संस्थाहरुको विज्ञहरुबाट विद्यार्थीहरुलाई परामर्श सेवा दिईने उनले बताए। सेमिनारमाआउने विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता प्रमाणपत्र सहित उपस्थित हुने र विद्यार्थीले चाहेमा सेमिनारमै भर्ना हुन सक्ने कंडेलको भनाई छ ।
सेमिनारमाभर्ना हुने विद्यार्थीहरुका लागि विभिन्न विषयमा छात्रबृत्ति समेत प्रदान गरिने उनले बताए ।अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस विश्वका १३ देश सहित नेपालको पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म २७ शाखाबाट सेवादिइरहेको छ ।
एक्सपर्टले अष्ट्रेलिया सहित ४ मुख्य राष्ट्रमा वैदेशिक अध्ययनका र परामर्शसहितको सेवादिदै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)