Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा माओवादी (क्रान्तिकारी)का महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज

नेकपा माओवादी (क्रान्तिकारी)का महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज

  • 1.8K
    SHARES

  • नेकपा माओवादी (क्रान्तिकारी)का महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज

    बुटवल,कार्तिक ७ ।

    दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा माओवादी (क्रान्तिकारी)का महासचिव मोहन वैद्य (किरण) डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनलाई आइतबार अपरान्ह डिस्चार्ज गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    दमको समस्या बढेपछि उनलाई गत आइतबारबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो ।  सो क्रममा उनको अवस्था खतरामुक्त र सामान्य बनेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । 

    उनी अस्पतालमा रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति नन्दकिशोर पुन, गृहमन्त्री बालकृष्ण खाँड लगायतका नेता तथा उच्च सरकारी अधिकारीले भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology