Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउरालीलाई एक्विजिसन गर्ने,एकिकृत काराेबार केहिदिनमा

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउरालीलाई एक्विजिसन गर्ने,एकिकृत काराेबार केहिदिनमा

  • 3.5K
    SHARES

  • आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउरालीलाई एक्विजिसन गर्ने,एकिकृत काराेबार केहिदिनमा

    बुटवल,कात्तिक २ । 

    आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ती  (एक्विजिसन ) गर्ने भएको छ । यी दुई संस्थाबीच एकीकृत कारोबार गर्नका लागि राष्ट्रबैंकले कात्तिक १ गते स्वीकृति प्रदान गरेको छ ।

    स्वाप रेसियो १ः०.८४ हुने गरी प्राप्तीका लागि दुई वित्तीय संस्थाबीच सहमति भएकोे आरम्भ चौतारीका अध्यक्ष जगत पाेखरेलले नागरिक अनलाइनलाई जानकारी दिए । अब केहिदिनपछि बुटवलमा एक कार्यक्रमकाबिच एकिकृत काराेबार शुभारम्भ गरिने उनले बताए ।

    बुटवलबाट शुरु भएको चौतारी लघुवित्त अहिले आरम्भ चौतारी लघुवित्त वित्तीय बनेको हाे । साे संस्थाको बनेपामा केन्द्रीय कार्यालय रहेको छ । प्राप्ती पछि अब आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट एकीकृत कारोबार हुनेछ भने केन्द्रीय कार्यालय बनेपामा रहनेछ ।

    ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रुपमा देशभर कार्यक्षेत्र रहने गरी संस्थाले वित्तीय सेवा प्रदान गरिरहेकोे उनले बताए । arambha acu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology