बुटवल,असाेज २९ ।
नेकपाका नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को ६१ वर्षको उमेरमा निधन भएको छ । उनी मुटु रोगी थिए । दुईपटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । उपचारकै क्रममा भारत दिल्लीस्थित म्याक्स अस्पतालमा गएराती उनको निधन भएको हो ।
वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाई हुन् ।
नेता वीरजङ्गको शव अस्पतालबाट भोलि नेपाल ल्याइने र उनको हाल बसोबास रहेको कपिलवस्तु शिवगढीस्थित घरमा पार्टी महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता र जनसमुदायबीच श्रद्धाञ्जलीसभा आयोजना गरिने पार्टीले जनाएको छ ।
उनी नेकपाको पूर्वपोलिटब्युरो र वर्तमान केन्द्रीय सदस्य समेत थिए ।वीरजङ्गका आमा, श्रीमती,दुई छोरा–बुहारी छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)