बुटवल,असाेज २१ ।
मौलिक जरोकिलो पार्टी लुम्बिनी प्रदेशले छैटाैँ संकल्प दिवस मनाएको छ । पार्टीका लुम्बिनी प्रदेशका उपसंयोजक सम्पुर्णप्रसाद खनालको अध्यक्षता तथा केन्द्रिय सदस्य कमल न्यौपानेको प्रमुख आतिथ्यतमा कार्यक्रम भएको हाे ।
कार्यक्रममा बोल्दै न्यौपानेले वैदिक सनातनिीको सांस्कृतिक अधिकार हनन हुने गरि संविधानमा लेखिएको भन्दै धर्म निरपक्ष खारेज गर्नुपर्ने बताउनुभयो ।
रुपन्देही संयोजक जीवन भण्डारीको संचालनमा भएको कार्यक्रममा प्रदेश समिती सचिव सङ्गिन लगायतले बाेल्नुभएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)