Logo बिहिवार, आश्विन १ गते २०८३
images

राजनीतिक आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

राजनीतिक आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

  • 1.7K
    SHARES

  • राजनीतिक आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

    बुटवल,असाेज ५ । 

    सरकारले राजनीतिक आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ। 

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती सरकारले राजनीतिक भागवण्डाका आधारमा नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। 

    परराष्ट्र सेवाका करिअर डिप्लोम्याट बाहेकका राजनीतिक निर्णयका आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। 

    परराष्ट्र सेवाका राजदूतहरु भने यथावत रहने जनाइएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology