Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

४४ लाख डोज भेरोसेल खोप चीनबाट नेपाल आइपुग्यो

४४ लाख डोज भेरोसेल खोप चीनबाट नेपाल आइपुग्यो

  • 1.9K
    SHARES

  • ४४ लाख डोज भेरोसेल खोप चीनबाट नेपाल आइपुग्यो

    बुटवल,असाेज १ ।

    नेपाल सरकारले चीनबाट खरीद गरेको र ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

    स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो ।

    खोप आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापाले भने, ‘यस अघि ल्याइएका खोपको एक भाइलमा दुई डोज खोप हुन्थ्यो । तर यो पटक एक भाइलमा ५ डोज खोप छन् । त्यसैले एउटै फ्लाइटमा एकै पटक ४४ लाख खोप ल्याउन सम्भव भएको हो ।’

    चीनबाट आइपुगेको खोप केही दिनभित्रै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक डा सागर दाहालले बताए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology