Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ -१२ गते गर्न गृह मन्त्रालयले दियो सहमति

उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ -१२ गते गर्न गृह मन्त्रालयले दियो सहमति

  • 4.9K
    SHARES

  • उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ -१२ गते गर्न गृह मन्त्रालयले दियो सहमति

    बुटवल,असोज ९- 

    नेपाल उद्योग वाणिज्य महासंघलाई ५४ औं साधारणसभा गर्न गृह मन्त्रालयले सहमति दिएको छ। महासंघको ५४ औं साधरणसभाका लागि तय भएको मंसिर ११ र १२ गतेका लागि गृहले सहमति दिएको हो।

    महासंघको अघिल्लो शुक्रबार बसेको पदाधिकारीको बैठकले चैतदेखि रोकिएको नेतृत्व चयन समेतको साधरणसभा  मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो।

    निर्णयसँगै महासंघले गृहसँग सहमति मागेको थियो। गृहले पनि विद्युतीय माध्यमबाट एक पटकमा २५ जनाभन्दा बढी नहुने गरी सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सम्बन्धित मापदण्ड पालन गरेर साधरण सभा गर्न सहमति दिएको हो।

    गृहले असोज ९ गते सहमति दिएको हो। योसँगै अब भने महासंघको ५४ औं साधरण सभा हुने निश्चित भएको छ। महासंघको नेतृत्व समेत चयन गर्ने ५४औं साधरणसभा नियमित रुपमा हुँदा चैतमा नै हुनुपर्थ्यो।  चैत २८ र २९ गतेका लागि तय भएको साधारण सभा कोरानाका कारण स्थगित भएको थियो। स्थगित साधारण सभा त्यसपछि जेठको पहिलो साता गर्ने गरी मिति तए भएको थियो। तर,  जेठमा पनि साधारणसभा हुन नसकेपछि साउन २६ र २७ गते का लागि ललितपुरमा गर्ने गरी सारिएको थियो। साउनमा पनि सभासम्मलन गर्न सरकारले फुकुवा नगरेकाले साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको थियो। 

    सो साधारणसभा सभा सम्मेलन गर्न दिएको १५ दिनभित्र गर्ने भन्ने निर्णय भएको थियो। साउनमा हुने भनिएको साधारणसभा स्थगित भएसँगै व्यावसायीहरूको विवाद सुरु भएको थियो। 

    विवाद भएसँगै महासंघले निर्वाचनको मोडालिटी र मिति तय गर्न कार्यदल समेत गठन गरेको थियो। कार्यदलले तीन मोडालिटीबारे सुझाव दिएको थियो। 
    सरकारले निषेधाज्ञा र लकडाउन खोलेसँग महासंघ पदाधिकारीको बैठकले साधारणसभाको मिति टुंग्याएको हो।

    महासंघको निर्वाचन मिति तयभएसँगै व्यवसायीहरु दुई ग्रुपमा विभाजन भइसकेका छन। महासंघको ५४ औं साधरण सभाबाट अहिलेका वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष हुने छन भने बाँकी पदाधिकारीको लागि भने निर्वाचन हुने छन्। वरिष्ठ उपाध्यक्षमा लागि व्यवसायी किशोर प्रधान र चन्द्र प्रसाद ढकाल चुनावी मैदानमा रहेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology