बुटवल,साउन २४ ।
गृहमन्त्री बालकृष्ण खाणसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । सिंहदरवारस्थित गृह मन्त्रालयमा राजदूत यान्छीले गृहमन्त्री खाणसँग भेट गरेकी हुन् ।
भेटमा यान्छीले सरकारको सफलताको शुभकामना दिएकी छिन् भने नेपाल-चीन मित्रतालाई थप उचाइमा पुर्याउन चाहेको उल्लेख गरेकी थिइन् ।
यसका साथै गृहमन्त्री खाणले पनि चीन सरकारले कोरोना खोप उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)